About

जनहित माध्यमिक विद्यालय

जनहित माध्यमिक विद्यालय- जोमसोम,मुस्ताङ

शिक्षा व्यवहार परिवर्तनको आधार हो ।अनौपचारिक शिक्षा बालबालिकाहरुले आफ्नै घरबाट प्राप्त गरेपनि औपचारिक शिक्षाको केन्द्र विद्यालय नै हो।बालबालिकाहरुको ज्ञान, सिप र दक्षताको विकासमा विद्यालयको मुख्य भूमिका रहेको हुन्छ।पौराणिक गुरुकुलबाट विकसित, शिक्षा लिनेदिने परम्परा आज आएर नविनतम प्रविधिसंग जोडिएको छ।गुरुको आश्रममा गएर घोक्‍ने र घोकाउने शिक्षा आज वैज्ञानिक उपज यन्त्रिकतासंग जोडिएको छ।घोक्‍ने र घोकाउने शिक्षाले आज मानिसहरुलाई वेरोजगार बनाई दिएको छ।नेपालको वर्तमान शिक्षा प्रणाली नै वेरोजगारी तर्फ हिडेकोले यसलाई रोजगार उन्मूख बनाउन नमूना विद्यालय व्यवस्थापनको अवधारण विकसित भएको हो।यहि अवधारणा अनुसार नेपाल सरकारले आज प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिदै एक स्थानीय तह एक नमूना विद्यालय व्यवस्थापन गराई अन्य विद्यालयहरुलाई सोही अनुसार अगाडि बढाउने नीति लिएको छ।सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गरी बालबालिका र अभिभावकहरुको पहिलो रोजाई बनाउनु आवश्यक छ।बालमैत्री वातावरणको सिर्जना गरि सवै बालबालिकाहरुमा समान शैक्षिक पहुँच पुर्याई ,नविनतम सूचना प्रविधिको अधिकतम प्रयोग सहित आधुनिक शिक्षण विधि प्रयोग गरी   बालबालिकाको पहिलो रोजाई बनाउने  मूख्य उद्देश्य लिएर जनहित माध्यमिक विद्यालय अगाडि बढेको छ।

दुर्गम हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा अवस्थित यस विद्यालयले “ अभिभावक र विद्यार्थीको पहिलो रोजाई सामुदायिक विद्यालय” भन्ने SSDP को मूल मन्त्रलाई आत्मसाथ गर्दै योजना अनुसार आफूलाई नमूना विद्यालयका रुपमा उभ्याउने लक्ष्य लिएको छ।हिमाली जिल्ला चिसो मौसम गरीब तथा पिछडिएको वर्गका  धेरै बालबालिकाहरुको मात्र शैक्षिक गन्तब्य यस विद्यालयले पाँच वर्षको अन्तरालमा गरिव तथा विपन्न वर्गका बालबालिकाहरुको पहुँचलाई यथावत राख्दै सभ्रान्त परिवारका अभिभावक तथा बालबालिकाहरुको आकर्षणको   पहिलो रोजाई बन्‍ने कुरामा विद्यालय परिवार विश्वस्त  छ।

व्यक्ति ,परिवार , समाज र राष्ट्र कै उन्नति र प्रगतिमा शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।समाजमा रहेका बालबालिकाहरुलाई शिक्षित बनाई परिवार ,समाज र राष्ट्रको विकास गर्न नेपाल सरकारले सामुदयिक विद्यालयहरुको स्थापना गरि राज्य कोषबाट लगानी गर्दै आएको छ।सरकारको यही नीति अनुसार वि.सं-२०११ सालमा नै विकट ,दुर्गम हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा स्थानीय व्यक्तिहरुको पहलमा श्री जनहित माध्यमिक विद्यालयको स्थापना भएको थियो। वि.सं-२०११ सालमा प्राथमिक तह , २०१८ सालमा नि.मा.वि तह ,२०२५ सालमा माध्यमिक तह, २०६१ सालमा  माध्यमिक तह (११ र १२) २०६६ सालमा माध्यमिक तह खुला विद्यालय, २०७६ सालमा प्राविधिक धार ९-१२ सिभिलइन्‍जिनियरिङका कक्षाहरु शुरुवात गरेको यस विद्यालयले विद्यालय कै पहलमा २०७० सालमा जनहित बहुमुखी क्याम्पसको स्थापन गरेको थियो। राष्ट्रको  शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै बिद्यालयले ३ पल्ट साविक SLC मा  उत्कृष्ठ  नतिजा ल्याए राष्ट्रिय रुपमा नगद सहित पुरस्कृत भएको यस विद्यालय २०६९ सालमा लगातार ३ वर्ष ८०% भन्दा बढी विद्यार्थी SLCमा उत्तीर्ण गराएर क्षेत्रीय रुपमा पुरस्कृत भयो भने २०७५ सालमा स्थानीय सरकारले स्थानीत तहको सर्वोत्कृष्ट विद्यालयको रुपमा रु एकलाख नगद सहित पुरस्कृत गरेको थियो।  शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै २०७६ सालमा नमूना विद्यालयको सूचीमा सूचीकृत यस विद्यालय देशकै नमूना विद्यालयको रुपमा विकास हुने लक्ष्यका साथ अगाडि बढीरहेको छ।

Scroll to top